काठमाडौं/ सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन्। बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एकरएक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ। ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको





