युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय  मन्त्रिपरिषद बन्न सक्ने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको नयाँ बानेश्वरमा बसेको बैठकबाट बाहिरिएका उनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्ने बताएका हुन् ।

यद्यपि उनले मन्त्री छनोटको बैठकमा आफू सहभागी नभएको र अरु दलहरुले कसलाई सरकारमा पठाउने भन्नेबारे छलफल गरिरहेको बताए । ‘दलहरुले प्रतिनिधि पठाउने विषयमा छलफल भरहेको छ’ उनले भने ‘ ‍…कुनै निश्कर्ष निस्केको छैन । मलाई लाग्छ ५-७ जनाको बन्ला ।’

उनले राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई समर्थन गर्ने निर्णय मात्र गरेको बताए । सरकारमा जाने वा नजाने विषयमा पुन: पार्टीको बैठकबाट निर्णय गर्ने उनले बताए ।

‘अहिले तत्काललाई नयाँ सरकार निर्माणमा समर्थन गर्ने भनेको छ र बाँकी निर्णय पछि गर्छ भनेको छ’ उनले पत्रकारहरुसँग भने । पार्टीले निर्णय नगरेका कारण तत्काल सरकारमा नजाने अध्यक्ष लिङ्देनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर