रोशन बडुवाल / संविधान दिवसको अवसरमा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिर परिसर वरिपरि राष्ट्रसेवक कर्मचारी द्वारा सरसफाइ गरिएको छ ।
आइतबार बिहान प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको संयोजकत्वमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षा कर्मी जिल्ला स्थित सुरक्षा निकायका प्रमुख जिल्ला स्थित निजामती कर्मचारीहरु राजनितीका दल पत्रकार लगायतको सहभागितामा मार्तडी स्थित बडीमालिका मन्दिर परिसर सरसफाई कार्यक्रम गरी संविधान दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् ।
बिहान बडीमालिका मन्दिर परिसर सरसफाई र दिउँसो जिल्ला खेलकुद समितिको कवर्ड हलमा महिला,पुरूष भलिबल प्रतियोगिता गर्ने । भोलि बिहान मञ्चमा सबैको उपस्थितिमा दिप प्रजनन,दिउँसो विभिन्न कार्यक्रम र बेलुका तिहार मनाई संविधान दिवस भव्यका साथ मनाउने अधिकारीले बताएका छन् ।





