युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

धनगढी / कैलालीमा श्रीमान्को बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ ।

टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशी आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीको हत्या आरोपमा पक्राउ परेका छन् । भागिरथ जैशीलाई श्रीमतीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मंसिर २६ गते राति बजेको भागिरथले श्रीमतीमाथि बञ्चरोले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए । उनले बञ्चरोले टाउकोमा प्रहार गरेपछि घाइते भएकी मुगादेवीलाई उपचारको लागि आफन्तहरुले टीकापुर अस्पतालमा लगेका थिए ।

सामान्य उपचारपश्चात थप उपचारको लागि कोहलपुर बाँके रेफर गरिएको थियो ।

उपचारकै क्रममा रहेकी उनलाई बिहीबार बेलुका घर लैजान्छौँ भनेर माइती पक्षका कैलालीको मोहन्याल ७ ज्यामीरेमा फिर्ता लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।

घाइते मुगादेवीलाई घर ल्याएपछि उनको शुक्रवार माइती घरमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतकका श्रीमान् भागिरथलाई पक्राउ गरेर हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव भने पोष्टमार्टम पश्चात मृतकका छोरा पवन प्रसाद जैशीले बुझेर लगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर