युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाण्डौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकाहरुलाई छिटो खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले छिमेकी देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ देखिएको भन्दै खोप लगाउन आग्रह गरेको हो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह मन्त्रालयले आग्रहगरेको छ । छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

विद्यमान अवस्थालाई मध्यनजर गर्दै कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने वा सेनिटाइजर नियमित प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर