युनिकोड    राशिफल    एफएम रेडियाे                        

बैतडीमा शिक्षकको हत्या गरेको आरोपमा पक्राउ परेका बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिका-३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको थियो। हिजै उनीहरुलाई पक्राउ गरिएकोमा आज प्रहरीले सार्वजनिक गरेको हो।

बिमला कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्दै आएकी आएकी थिइन्। उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको प्रजाले स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर