राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यमा शपथ ग्रहणका लागि बाटो खुलेको छ। सिन्धुली घर भएका युवराज पौडेल दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै रविलाई शपथको बाटो खुलेको हो ।
रवि मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। उनको नागरिकता अवैधानिक भएको भन्दै पौडेलले संवैधानिक इजालसमा रिट हालेका थिए। उक्त रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भएको हो।





