युवराज बडुवाल / जिल्ला सदरमुकाम मार्तडीमा सरकारी गैरसरकारी कार्यालय भाेली बाट सञ्चालनमा आउने भएका छन् । अनेरास्ववीयु बाजुराले आन्दोलन सुरु गरेको ४ दिनपछि आन्दोलन फिर्ता लिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाजुरा जिल्लाकाे त्रीबेणी नगरपालिका ७ का विद्यार्थी नेता अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटि अध्यक्ष तथा नि–वर्तमान बाजुरा क्याम्पस स्ववियु सभापति क.चेतन दीप अयडीलाइ निर्वाचन सम्पन्न भइसके पछी आफ्नै घर भित्र राती सुतिरहेकाे बेला सत्ता गठवन्धनका कार्यक्रताले कुटपिट गरी गरीएकाे थियाे ।
चेतन दिप अयडीको हत्या भएको एक महिना बितिसक्दा पनि यहाँकाे सुरक्षा निकायले अपराधीलाइ पक्राउ गरी कानुनकाे दायरामा ल्याउन नसकेकाे भन्दै सनिवार अपरान्ह ४ बजेबाट जिल्ला भित्र सवारी साधन बन्द गरेर पुनः आन्दोलनका चरणहरु अगाडि बढाएको थियो । आइतबार बाट जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक सस्था, व्यापार व्यवसाय कलकारखाना अनिश्चितकालका लागी बन्द गरीएकाे थियाे ।
अनेरास्ववियु बाजुराले निरन्तर आन्दाेलन गर्दा पनि यहाँकाे प्रहरी प्रशासन माैन अवस्थामा रहेकाे छ । चेतनका बुवा गगन अयडीले सुरुमा घटनामा संलग्न रहेको भन्दै २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थियाे । फेरीब २ जना अभियुक्त थप गरी २४ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरा जाहेरी दर्ता गरीएकाे छ ।
अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण राेकायाले भने यदि क.चेतन दिप ऐडीकाे हत्यारालाइ कानुनिक दायरामा नल्याएसम्म आन्दाेलन जारी गर्ने बताएका छन् । अहिले मानविय जिवनमा असर भएकाे कारणा आन्दाेलन क्रम केही समयका लागी बन्द गरीकाे उनले बताएका छन् ।






