युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरे ।

अहिले एमालेबाहेकका दलका नेताहरुमा सरकार के का लागि बनाउने भन्दा पनि पद प्राप्त कसरी गर्ने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र आकांक्षा देखिएको ओलीले बताए ।

‘सरकार गठनको यस्तो अनुचित र फोहोरी उद्देश्यप्रति नेकपा एमाले पूर्ण रुपमा असहमत छ र त्यसको विरुद्धमा छ’ उनले भने, ‘यस्तो हिसाबले सरकार गठन गर्ने क्रियााकलापमा हामी लाग्दैनौं ।’

सत्तामा वा प्रतिपक्ष जहाँ रहे पनि राष्ट्रियता, लोकतन्त्र, सुशासन, कानुनी राज, नागरिक सम्मान र सामाजिक स्थिरताका पक्षमा आफूहरु दृढतापूर्वक उभिने ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर