युनिकोड    राशिफल    एफएम रेडियाे                        

सुन्नु हजुर यस्तो बर माग्छु नेपालको माटो बचाउने

नारी पुरुष बीचको भेदभावको दूरी बाटो बचाउने ।।

 

म आफै मरेर साच्चिकै जानु परे पनि के भो हजुर

रहर छ मलाई बलिदान दिने रगतको टाटो बचाउने ।।

 

आज आफ्नै नेपालको पहिचान हराउँदा यति खेर

दाउरा ,सुरुवाल सोचे कोदोको रोटी आँटो बचाउने ।।

 

गरिबी दलितकै भष्टचारले अस्तव्यस्त छ नेपाल

इमान कमाउने व्यक्तिकै जता पनि फाटो बचाउने ।।

 

नेता ज्यू आफै झगडा गरिरहेका हुन्छन् जहाँ हेर्नु

भन्छु है!म त असल सपुत्री बनी साटो बचाउने ।।

बुढिगंगा नगरपालिका ९बाजुरा बिनिता विश्वकर्मा (बिनु)

प्रतिक्रिया

सम्बन्धित खवर