युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं/ सरकारले काठमाण्डौंको प्रसुति गृह अस्पतालमा सञ्चालन गरेको ‘ह्युमन मिल्क बैंक’ (मानव दूध बैंक) देशका अन्य संघीय अस्पतालहरुमा पनि विस्तार गर्ने योजना बनाएको छ । घट्दो स्तनपानको संख्यामा सुधार गर्न अन्य संघीय अस्पतालहरुमा पनि ह्युमन मिल्क बैंक स्थापना गर्ने योजना बनाएको हो ।

परिवार कल्याण महाशाखाको पोषण शाखाले हाल ह्युमन मिल्क बैंक थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मात्र सञ्चालित गरेको छ । प्रसुति गृह अस्पतालमा सञ्चालन गरिएको मिल्क बैंकको सिकाईको आधारमा अन्य अस्पतालहरुमा पनि विस्तार गरिने पोषणा शाखा प्रमुख लिला बिक्रम थापाले बताउनुभयो । उहाँका अनुसार प्रसुति गृहमा सुरु भएको दूग्ध बैंकको सिकाईबाट अन् अस्पतालमा पनि विस्तार गर्ने योजना बनाईएको छ ।

प्रसूति गृह अस्पतालमा गत भदौ ३ गते ह्युमन मिल्क बैंक स्थापना गरिएको थियो। उक्त मिल्क बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरुलाई आवश्यकता परेको बेलामा अरु आमाहरुले जम्मा गरेर राखेको दूध उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर