युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

धनगढी / अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएको छ ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ७ मध्ये चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।  उनकाअनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका–६ मा पनि पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको रिजालले बताए । उनकाअनुसार तीन जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

उनीहरुको उद्दारका लागि हेलीकोप्टर मगाइएको छ । यसअघी तुर्माखाद गाउँपालिका–५ को नाडामा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर