बाजुरा /नेकपा एमाले अनेरास्ववियु बाजुराद्धारा आज ४ बजे देखि बाजुरामा अनिश्चितकालका लागि लामाे तथा छाेटाे दुरीका सवारी साधान बन्द गर्ने भएकाे छ ।
आज ४ बजेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालिनको लागि बन्द गर्ने अनेरास्ववियुले घोषणा गरेकाे हाे । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई १ महिना वित्न सक्दा समेत प्रहरीले पक्राउ गर्न नसकि चरम लापरबाही गरेकाेले यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्न लागेकाे अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण राेकायाले बताएका छन् ।






