बैतडीका ९ ओटा स्थानीयतहरुले भूमी आयोगसंग सम्झौता गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अन्य सबै स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए ।
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेर उनीहरुलाई आयोगले लालपूर्जा समेत वितरण गर्ने बताइएको छ। जतिसक्दो चाँडो तथ्यांक संकलन गरेर लालपूर्जा वितरण गरिने राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको छ।





