युनिकोड    राशिफल    एफएम रेडियाे                        

कञ्चनपुर/ कंचनपुरमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो।

शुक्रबार बिहान महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा बेदकोट नगरपालिका ६ का २१ वर्षीय कविराज वैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर