युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा / जिल्लाकाे बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालनमा आएकाे छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र बुढीनन्दा नगरपालिकाकाे सहयोगमा स्त्री रोग बिशेषज्ञ सेवा सुरु गरेको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहोराले वताएका छन् ।

स्वास्थ्य केन्द्रमा स्त्री रोग बिशेषज्ञ डा. सोनाम गुरुङ र ओटी नर्स भगवती रावल मार्फत सेवा सुचारु भएको हो । बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा पनि सञ्चालनमा ल्याउने नगरप्रमुख बोहोराले बताएका छन् । स्त्री रोग बिशेषज्ञ सेवा दिन कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आएर पहिलो पटक सेवा सुचारु भएको स्थानिय केशब बोहराले वताएका छन् ।

चिकित्सक ब्यबस्थापनका लागि लाम्रो प्रयास पछि स्वास्थ्य केन्द्रमा ल्याएको नगरपालिकाले जनाएको छ ।
स्त्री रोग बिशेषज्ञको ब्यबस्थापन सँगै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना मेडिकल अधिकृत रहेका छन् । कुनै बेला अहेबको भरमा सञ्चालन हुने बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने तिन जना चिकित्सक रहेका छन् । पटक पटक प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक बिहिन बनेको खबर आइरहने कोल्टिमा अहिले भने तिन जना चिकित्सले सेवा दिइरहेको स्थानिय बिस्न कार्कीले वताए ।

सोनाम गुरुङ स्त्री रोग बिशेषत्र चिकित्सक हुन् । डा. आशा शाही र डा. चेत बहादुर धामी मेडिकल अधिकृत हुन् । शाही र धामी मन्त्रालयको करार रहेका छन् । चिकित्सक ब्यबस्थापन सँगै अन्य भौतिक पुर्वाधार पनि तयार गरिरहेको छौ, चाडै गुणस्तरीय सेवा प्रदान गर्ने योजनामा रहेको नगरप्रमुख बोहराले वताए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बुढिनन्दा नगरपालिकामा पर्ने गर्छ । बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको छ । दैनिक सयको हाराहारीमा सेवा दिदै आएको स्वास्थ्य केन्द्रमा चिकित्सकको ब्यबस्थापन सँगै सेवा प्रभाबकारी भइरहेको स्थानिय हिकम्त वडले वताएका छन् ।

बिगतमा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिर नेपालगञ्ज जानु परेको थियो । अर्को मार्तडी कोल्टि सडक बर्षात अबरुद्ध हुँदा समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा बिरामी लिन निकै समस्या हुने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर