स्वास्थ्य सेवा विभागले एकै पटक ठूलो संख्यामा स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । विभागले ९२८ जना प्यारामेडिक्सलाई चौथो तहबाट पाँचौ तहमा स्तरबृद्धि गरेको हो ।
विभागले बुधबार सूचना जारी गरी स्तरवृद्धि हुन निवेदन दर्ता दिएका पारामेडिक्स समूहका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरिएको जानकारी दिएको छ ।
विभागको वेबसाइटमा अपलोड गरिएको पत्रको कपीलाई प्रिन्ट गरी कार्यालय र सम्बन्धित कर्मचारीले कार्यालय प्रयोजनार्थ प्रयोग गर्न सकिने जानकारी विभागले दिएको छ ।
कुनै त्रुटी भएमा त्रुटी सच्याउन, संशोधन तथा बदरसम्म ग अनुरोध गर्दै यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निविदेन दिन आग्रह गरिएको छ ।
स्तरवृद्धि गरिएको स्वास्थ्यर्मीको सूची





