बाजुरा/ जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा बडीमालिका नगरपालिका नगर प्रवक्ता धर्मराज पाध्यायले जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा रहेकी वडा नम्बर ४ रीलाकी १९ बर्षिय खुस्मा उखेडालाई रक्तदान गरेका छन् ।
बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई नगर प्रवक्ता पाध्यायले रक्तदान गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।





