युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं /नेकपा (एमाले)को सचिवालय बैठक शनिवार बस्दै छ। प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ सांसद टुंगो लगाउन सचिवालय बैठक बस्ने भएको हो। एमालेका प्रचार विभाग उपप्रमुख  विष्णु रिजालले आज  बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने जानकारी दिए।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने बताए। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर