युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

धनगढी / प्रदेशसभामा प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार निर्वाचित नभएकाले राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत २१ जनामध्ये १८ जना महिला छनोट गर्नुपर्ने भएको छ । प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार १८ जना महिला निर्वाचित गराउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ

सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसले १८ सिट जित्दै पहिलो दल बनेको छ भने प्रत्यक्षतर्फ आठ सिट र समानुपातिकतर्फ तीन गरी ११ सिटसहित माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ ।

चार जना पुनःनिर्वाचित

सुदूरपश्चिम प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यमा दोहोरिएर निर्वाचिन हुनुभएको छ । पुनःनिर्वाचित हुनेमा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ बाट आर्थिक मामिलामन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल र कैलाली ४ प्रदेशसभा १ बाट प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)दीर्घबहादुर सोडारी हुनुहुन्छ ।

त्यसैगरी दार्चुला प्रदेशसभा २ बाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी र अछाम २ प्रदेशसभा १ बाट माओवादी केन्द्रका अक्कलबहादुर रावल प्रदेशसभामा दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर