बाजुरा / बाजुरामा जिप दुर्घटना भएको छ। कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन्। दिउँसो कोल्टीदेखि मार्तडीका लागि छुटेको यात्रुवाहक जिप बिरसैननजिकै पल्टिँदा त्यसमा सवार सात जना घाइते भएका हुन्।
लु १ ज ४०३५ नम्मरको जिप बुढीनन्दा नगरपालिका– ५, बिरसैनमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा १० जना सवार थिए। त्यसमध्ये सात जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घाइते हुनेमा बाजुरा, हुम्ला र मुगुका स्थानीय रहेको छ।





