युनिकोड    राशिफल    एफएम रेडियाे                        

कञ्चनपुर / कञ्चनपुरको वेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगे। अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजे। तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाइ औषधिवापतको शुल्क लाग्ने जानकारी दिए। उनि एक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किए।

“स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्”, उनले भने, “ सहुलियत नपाउने बीमा गरेर के फाइदा ?।” उनि सँगै अस्पतालमा भेटिनुभएकी जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गरिन। उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गरिन।

“बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन्”, उनले भनिन, “स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाउनुपर्छ।” उपचारकै लागि अस्पतालमा पुग्नुभएका भीमदत्त नगरपालिका–६ का कविराज भट्ट पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताउछन। “हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन जहिल्यै अभाव छ”, उनले भने, “स्वास्थ्य बीमा गरेपछि एकपटक पनि सेवा लिन पाएको छैन।”

प्रतिक्रिया

सम्बन्धित खवर