युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको  बडीमालिका २२ पाटन क्षेत्र साच्चिकै भगवानको वरदान स्वरुप स्वर्ग प्राप्त भएको हो भन्दा पनि अतियुक्ति नहोला । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण यस पाटन क्षेत्रको टुप्पोमा एक मात्र बाजुरा जिल्लाको आकर्षक धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिर रहेको छ । यसको पर्यटकीय विकासका लागी तमाम सम्भावनाहरु रहेकाे र हजारै जडीबुटीहरु रहेका छन् ।बाजुरा जिल्लाको सदरमुकाम मार्तडी र कोर्ध बाट करिव एकदिनको उकालो पैदल बाटो हिडेपछि सोता पाटन पुगिन्छ ।

 सोता पाटन
बडीमालिका पाटन २२ वटा पाटन मिलेर बनेको क्षेत्र हो । २२ पाटन मध्य सोता पाटन एक महत्वपुर्ण पाटन हो । यसको वरीपरी डाँडाहरु र बिचमा एउटा खोला सोतिएर बग्ने भएकोले यसलाई सोता पाटन भनिएको हो । यहाँ बाजुरा जिल्लाको बडीमालिका नगरपालिका कोर्ध र मार्तडीमा रहेका स्थानियका गोठालाहरुले भँैसि पालन गरेको देखिन्छ । आठ ,दस वटा छानाहरु रहेको सोता पाटन बाख्रा पालनको लागी उपयुक्त मानिन्छ । अग्ला डाँडाहरु चुन्ले भरिभराउ अनि अर्को तिर धुपि सल्ला , लौठसल्ला र त्यसै भित्र बहुमुल्य जडिबुटीहरु र सयौं थरि सप्तरंगी फुलहरुले ढकमक्क योे पाटन सजिलै जो सुकैको नजरमा पर्दछ । मुख्य जडिबटीहरु कटुको ,बायाजडी ,हत्तजडि ,अतिस ,पदमचाल्नु ,बुजो ,मुस्ली ,पाटनगर्दानु ,भोटे चिरो ,पाटनि फरुन आदि जडिबुटी पाइने यो पाटन प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ ।

घोडा पाटन
सदरमुकाम मार्तडी बाट बडीमालिका मन्दिर तिरको यात्रा थाल्दै गर्दा सोता पाटन बाट १ घण्टा उकाले हिडि सकेपछि घोडा पाटन पुगिन्छ । यस पाटनमा घोडाहरु छाडारुपमा चराउन छोड्ने हुनाले घोडा पाटन भनिएको किवंदन्ती रहेको छ् । अति सुन्दर यो पाटन सोता पाटन भन्दा कम छैन् । पत्थरले छाना छाएका होचा होचा भैसी गोठानहरु पनि छन् । यसको पुर्वपट्टी खेतिवेतिको धुरा देखिन्छ सदरमुकाम मार्तडी बाट एक दिन पैदल यात्रा गरि घोडापाटन पुगिन्छ । केही तिर्थालुहरु यसै घोडा पाटनमा बस्ने गर्छन् । यस पाटनमा स्थानीय बासीहरुका गोठान रहेका छन् ।
भित्तोचिर्ना
भित्तोचिर्ना मार्तडी बाट हिडेको भोलीपल्ट घोडापाटनबाट करीव २ घण्टा पाटनै पाटन यात्रा गार्दा पुगिन्छ यहाँ यो पाटन पनि भैसी गोठान तथा बाख्राखोरको लागी उपयुक्त छ । यहाँ बडीमालिका जाने तिर्थजनहरुको लागि यस पुजाईको अवसरमा होटलको व्यवस्थापनि गरिएको पाईन्छ । भित्तोचिर्ना बाट २ घण्टा चुनै चुन भरिएको पाखाहरु मा उकालो र १ घण्टा तेस्रो हिडेपछि त्रिवेणी यस बाईस पाटन क्षेत्रको मुख्य पाटनमा पुग्न सकिन्छ । यहाँबाट बडीमलिका मन्दिर पुग्न करिव १ दिन लाग्दछ । यो पाटन मा बाजुराको सदरमुकाम मार्तडी ,लगाएत साविक जुगाडा र बुढीगंगा आदी गा.वि.स.का भैसि तथा बाख्राहरु चराउने गरेको पाईन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण बडीमालिका पाटन साच्चीकै बरदान स्वरुप प्राप्त भएको भन्दा पनि फरक नपर्ला जस्तो छ । सयौ थरि फुलहरु ढकमक्क फुलेको देखेर तिर्थालुहरु ओराली पार गर्दै खाना बस्नाको दुख सहदा सहदै पनि तिर्थालुहरु कुनै गाहे नमानि यस सुन्दरतामा रमाएर आफ्नो यात्रा अगाडी बढीरहेका देखिन्छन् । यहाँ बाट उकाले हिडिरहदा कसैैकसैलाई दम (लेक लाग्नु ) लाग्ने पनि गर्दछ ।

नौफेरी
भितो चिर्ना बाट १ घण्टाको पैदल उकालो हिडि सकेपछि नौफेरी भेटिन्छ । नौफेरी नौ वटा फेरा वा मोड वा नौ डाँडा र खोला काटेर जानुपर्ने साह्ै प्राकुतिक मनोरम दृश्य भएको पाटनधुरा हो ।
बुढीमाईको थान –( मन्दिर )
नौ फेरीबाट करिव १० मिटर तेस्रो त्रिवेणी क्षेत्र तिर हिडेपछि बुढीमाईको थान भेटिन्छ । यो थानको पुर्वबाट बाजुराको पुर्वी भेग तथा मुगु ,हुम्ला ,जुम्ला र कालिकोटका तिर्थयात्रीहरु ,उत्तरपुर्वीबाट बाजुरा सदरमुकाम मार्तडी क्षेत्रका तिर्थयात्रीहरु संगै भई त्रिवेणी तिर झर्दछन् । यहाँ बाट उत्तरतिर बडीमालिका जाने बाटो पर्दछ तर तिर्थालुहरु त्यो बाटो नगई दक्षिण तिर रहेको त्रिवेणीतिर प्रस्थान गर्दछन् । यो मन्दिरबाट चारैतिर पाटनहरुको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । ति पाटनको विभिन्न भागमा ठुला ठुला भेडाका वथानहरु ,घोडाहरु ,खच्चरहरु र भैसिहरु आनन्दले चरिरहेका देखिन्छन् । चारै तिर साना साना पाखाहरु र पाटनधुराहरु रहेको यो मन्दिर समथर फाँटमा छ । यस मन्दिरमा १ जना पुजारीको रुपमा रहेका कालिकोट ,रास्कोटका काशी धमलाका अनुसार बुढीमाईले मानिसले सोचेका र मागेका कुरा हरु पुरा गरिदिने बिश्वस रहेको छ । यस क्षेत्रको अर्काे रहस्यमय कुरा के छ । भने सबै ठाउका तिर्थयात्रीहरु संगैहुने र यात्रा त्रिवेणी तिर जय जयकारका साथ थाल्दछन् । बुढीमाईको थानबाट १ घण्टा अलिअलि ओराले हिडेपछि त्रिवेणी पुगीन्छ ।  प्राकृतिक सुन्दरताको धनि देश नेपाल र त्यसैमा अति सुन्दर बाईसपाटन भएको बडीमालिका क्षेत्र अन्तर्गतको त्रिवेणी क्षेत्र साच्चीकै स्वर्ग जस्तै छ । बुढीमाई बाट अलि ओरालो झर्दा एक सानो खोला रहस्यमय ढंगले सुन्दर रुपमा घुमाउरो पाराले नागवेलि आकारमा बगेको छ । मननै जितेको छ त्यो मनमोहक दृश्यले श्रदालु भक्तजनहरुको बडीमालिकाको जति धार्मिक महत्व छ त्यो भन्दा बढी बहुमुल्य प्राकृतिक साधन श्रोत रहेको छ ।

त्रिवेणी
बडीमालिका पाटनको आर्कषक बाईसपाटन मध्ये त्रिवेणी पाटन एक हो । बडीमालिका क्षेत्रको राजधानी हो भन्दा पनि अतियुक्ती नहोला । बडीमालिका माताको पुजा साउने चर्तुदशि वा जनैपुर्णिमाको अघिल्लो दिन हुने गर्दछ । यो उच्च ठाउँमा रहेको कारणले बाजुरा , कालिकोट र अछामका बिभिन्न ठाउबाट दर्शन गर्न आउने श्रदालु भक्तजनहरु ३ दिन अगाडी नै घर बाट हिड्ने गर्दछन् । घर बाट हिडेको दोस्रो दिन वा तृदशि को दिन भक्तजन हरु त्रिवेणीमा जम्मा भई मेला लग्ने गर्दछ । वरीपरी पाटनै पाटन र बिचमा तिन वटा खोलाहरु बगीरहेको छन् । त्रिवेणीमा बडीमालिका दर्शन गर्न जाने भक्तजनहरु जल लीन आउने तिर्थालुहरु तथा आफन्त हरुको काजक्रिया गर्ने व्यक्तीहरु समेत त्रिवेणीमा पुग्ने गर्दछन् । सवै मानिसहरुको यहाँ ठुलो जमघट हुने भएकोले नै यसलाई त्रिवेणी भनिन्छ । यहाँ एउटा दुई कोठे धरमशाला आर्थिक वर्ष ०६५÷०६६ मा जि.वि.स बाजुराको आर्थिक लगानिमा निर्माण गरिएको छ । त्रिवेणी क्षेत्र भरि चारैतिर खोलाको किनारमा पनि श्रदालुभक्त जनहरुले पाल टागेर बस्ने गर्दछन् । यहाँ खाना वस्नाको लागि होटलहरुको पनि व्यवस्थापनि गरेको देखिन्छ । बाजुरा जिल्लाको उच्च अधिकारीहरु सहित स्वास्थ्य टोली र प्रहरी प्रशासन पनि उपस्थित हुने गर्दछन् । यो क्षेत्र जल भर्नको लागि पवित्र तिर्थस्थल पनि मानिन्छ । देवि देवताको पुजा गर्न त्रिवेणी बाट जल भरेर धामि झाँक्रिहरु आ–आफ्नो मण्डप तिर फर्किन्छन् । यहाँ जल भर्दा दृश्य अति रमाइलो बन्दछ धामि झाँक्रीहरु नाच्दै जल भर्दछन् । त्रिवेणी बाट मालिका मन्दिर पुग्न करिव एक दिन लाग्दछ । त्रिवेणी बाट उत्तर तर्फ उकालो हुँदै मन्दिर तिर जान सकिन्छ । चतुर्दशिको विहानै सम्पुर्ण भक्तजन हरु त्रिवेणी खोलामा नुहाएर बडीमालिका मन्दिर तिर लाग्दछन् । यसरि बषौ देखि बडीमालिकाको दर्शन गर्दै आएका मानिसहरुले यस क्षेत्रलाई महत्वपुर्ण रुपमना लिएपनि राष्ट्र«ेले र सरोकार वाला निकायाले नजर नदिनु अति दुःख दायी कुरा हो यति धेरै पर्यटन विकाशका सम्भावना हरु रहदा रहदै पनि पर्यटकीय क्षेत्रको विकाश बारे नसोचिदा यहाँका मानिसहरु चिन्तित र दुखित देखिन्छन् ।

 खेतिबेति
त्रिवेणीको दक्षिण पट्टि रहेको छ । जिउलिमा धेरै खेतहरु को एउटा जिउलो छ । यि खेतहरुमा धान जस्तै कुनै बोट रोपिएको देखिन्छ । कुनै खेतहरु खालि पानि मात्र भरिएका छन् । यो जिउलोे एक न एक पटक हेनै पर्ने ठाउँ हो । मानिसहरुको विस्वास अनुसार भाग्य मानि व्यक्तिले धानको बाला पाउन्छन् । त्रिवेणी बाट उकालो हिडेपछि दोपाट्ना भेटिन्छ । दोपाट्ना बाट धुरैधुरा तेस्रो बाटो हिड्दै गर्दा लौणी विनायक मन्दिर भेटिन्छ । यो मन्दिरमा भक्तजनहरु दर्शन गर्नै बडीमालिका मन्दिर तिर लम्किन्छन् ।

भिर्काेपण्ना
नाम जस्तै दृश्य भएको ठाँउ भिर्कोपण्ना नै हो । यसको उत्तर पुर्व तिर ठुला ठुला चट्टान हरु रहेको भिर छ । त्यो भिर धेरै अग्लो छ यसबाट तलतिर हेर्दा आङ नै झसङ्घ हुन्छ । यो भिर बाट आफ्नो ग्रह काटिने सोचका साथ तिर्थ यात्रिहरु सिक्का फाल्ने गर्दछन् । भिर्काेपण्ना बटा अगाडी बढ्दै गर्दा चट्टानमा अप्ठ्यारो बाटो छ । दर्शनार्थिहरु जमिनमा हात टेकेर आँड बनाई हिडेका देखिन्छन् ।

बासुधारा
भिर्काेपण्ना बाट २० मिनेट जति अगाडी बढ्दा बासुधारा भेटिन्छ । बासुधारा मालिका मन्दिरको फेदिमा चट्टानमा अवस्थित रहेको छ । यहाँ भिर बाट पानी चुईने र यसबाट २२ वटा धारा वग्ने गर्दछन् । तिर्थालुहरु यहाँको पानी चाखेर र शरिरमा छर्केर बडीमालिका मन्दिर तिर लाग्छन्

बडीमालिका मन्दिर
बासुधारा बाट करीब २० मिनेट उकालो चढेपछि टुप्पोमा यो मन्दिर भेटिन्छ । यस क्षेत्र गौरबको रुपमा रहेको एउटा मात्र धार्मिक स्थल बडीमालिका मन्दिर नै हो । यस मन्दिरमा साउने चर्तुरदसिको दिन मालिका माताका पुजा गरिन्छ । यहाँ तिर्थालु भक्तजन हरुको भिड चार पाँच दिन अगाडी देखिनै हुने गर्दछ । यहाँ भक्तजनहरु व्यवस्थित रुपमा लहरमा उभिई दर्शनको लागि पर्खन्छन् । यस मन्दिरमा सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश लगाएतका अधिकाँस मानिसहरु दर्शन गर्नाको निम्ती आउने गर्दछन् । बाके, बर्दिया, दैलेख, कैलाली, कञ्चनपुर, दार्चुला तथा बैतडी जस्ता टाढाका भक्तजनहरु पनि आउने गर्दछन् ।
बाजुराको त्रिवेणी नगरपालिकामा रहेको यस मन्दिरमा बाजुरा ,अछाम ,कालिकोट ,बझाङ ,जुम्ला र डोटीका अधिकाङस मानिसहरु दर्शन गर्नको लागी आउने गर्दछन् बडीमालिका मन्दिरको नजिकै एक धरमशाला र आकाशे पानी टङकी निर्माण गरिएको छ । यहाँ एउटा मालिका र धलपुरा ,कालिका गरि तिन वटा मन्दिर रहेको छन् । र एउटा होम् कुण्ड छ । यो मन्दिरमा बर्षको एक पटम मात्र पुजा गरिने हुँदा भक्तजन र दर्शनार्थिको निकै भिर लाग्ने गर्दछ । यहाँ बडीमालिका मन्दिरको वरीपरी पालहरु टागेर बस्ने चलन छ । बडीमालिकाको दर्शन गरि पुजारी बाट पाएको बस्तुलाई बरं (भाग्यको ) रुपमा लिईन्छ जुन वस्तु प्राप्त भयो त्यस्तै भाग्य सर्पिने विश्वास रहेको छ । चर्तुरदशिको बिहान तिलक र लुगो (ध्वजा) प्राप्त गर्न सवै दर्शनाथिहरु खुःसिका साथ लाइनमा लाग्दछन् । यि कुराहरु प्राप्त गरिसके पछि दर्शनार्थिहरु बडीमालिका बाट करिब ६ घण्टा पैदल बाटो हिडि नादेश्वरि मन्दिर तर्फ दर्शनका लागि र्फकिछन् ।
नाटेश्वरि मन्दिर
नाटेश्वरी मन्दिरमा शीव पार्वति आएर नाटक गरेर जाने भएकाले यस मन्दिरको नाम नाटेश्वरी मन्दिर नामाकरण हुँन गएको पौराणीक अनुसार भनाइ रहेको छ बडीमालिका बाट उत्तर तर्फको ओराले बाटो एक दिनको पैदल हिडेर झरदा नाटेश्वरी मन्दिर पुगीन्छ । यो मन्दिर त्रिवेणी नगर पालिकामा अवस्थित रहेको छ ।
बडीमालिका मन्दिरको पुजा गरिसकेपछि नाटेश्वरी मन्दिरमा अनिवार्य पुजा गनुपर्ने भन्ने पौराणीक भनाइ रहेको छ । यस मन्दिर वरीपरी कालिका देवी धलपुरा होम् कुण्ड गरि चार वटा मन्दिर रहेका छन् । यस मन्दिरमा कालिका र भगपति देवीको मन्दिरमा बोकाको बलि गरिन्छ भने अन्य मन्दिरमा फुल प्रसादले दर्शन गरिन्छ ।

तस्विर

प्रतिक्रिया

सम्बन्धित खवर