युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी : काठमाडौँसहित नेपालका विभिन्न सहरहरूमा जस्तै भदौ २३ र २४ गते धनगढीमा पनि प्रदर्शन भयो।

जेन–जी पुस्ताको प्रदर्शनको समयमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहितका सरकारी कार्यालयहरू धोस्त पारिए। जेन–जी पुस्ताको प्रदर्शनपछि नेपालमा सरकार परिवर्तन भएको छ। नेपालको नयाँ प्रधानमन्त्रीमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै सीमा क्षेत्र सहज भएको हो।

कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकाबाट आवत–जावत खुल्ला गरिएको हो। नेपालमा जेन–जी पुसस्ताको आन्दोलनका कारण सुरक्षाको कारण देखाउदै भारतीय सुरक्षा निकायले कडाइ गरेको थियो। नेपालमा नयाँ सरकार गठन भएपछि आइतवारदेखि सीमा क्षेत्र पूर्ण रूपमा खुल्ला गरिएको हो।

भारतीय सुरक्षा निकायका अनुसार पूर्ववत् अवस्थामा सीमाको सुरक्षा प्रणाली लागु भएको छ। नेपाली नागरिकता वा परिचयपत्रका आधारमा भारत प्रवेशको अनुमति दिने गरिएको हो। नेपालीहरू रोजगारी तथा किनमेलका लागि भारतीय बजारहरूसम्म जान थालेका छन्। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र मानव बेचबिखन विरुद्द काम गर्ने संघ/संस्थाहरूले भारत जानेहरूको नागरिकताका आधारमा सूचि बनाउदै आएका छन्। महिला तथा युवतीहरूको विषयमा माइती नेपाल लगायतका संस्थाहरूले खोजीनिती गर्ने गरेेका हुन्।

दशैँको समय नजिकिदै जाँदा दैनिक एक हजारको सङ्ख्यामा नेपालीहरू भारतबाट स्वदेश फर्किन थालेका छन्। सोही सङ्ख्यामा भारतको पुना, ब्याङ्लो लगायतका सहरहरूसम्म नेपाली जाने गरेका छन्। भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई सशस्त्र प्रहरीले सामान्य चेकजाँचमा छोड्ने गरेको छ। तर, नेपालबाट भारत जानेहरूको नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा सूचि नै बनाउने गरिएको छ। सीमा क्षेत्रमा रहेका मानव बेचबिखनको विरुद्धमा काम गर्ने संघ÷संस्थाहरूले पनि नेपाली महिला तथा युवतीहरूलाई भारत प्रवेशमा कडाइ गर्न थालेका छन्।

सुदूरपश्चिम प्रदेशका धेरै नागरिकहरू रोजगारीका लागि भारत जाने गरेका छन्। उनीहरू दशैँ, तिहार तथा छठ पर्वका लागि घर फर्किने गर्दछन्। सीमा क्षेत्रमा आवत–जावत सहज हुँदै गएपछि स्वदेश फर्किने नेपालीहरूको सङ्ख्यासमेत बढेको सीमा क्षेत्रका सुरक्षा निकायहरूले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर