युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं / परिवारमा सन्तान थप्न सबैलाई रहर नै हुन्छ । महिला २८ दिनको चक्रमा महिनावारी भइरहने गर्छन् ।  नियमित महिनावारी भइरहने बिवाहित महिलामा महिनावारी रोकिएमा गर्भ रहेको शंका गरिन्छ।

पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा गर्भ रहने बढी सम्भावना हुन्छ । यस्तो अवस्थामा गर्भ रहेको छ या छैन भन्ने कौतुहलता  हुन्छ । यस्तो अवस्थामा गर्भ रहेको नरहेको कुरामा दम्पतीमा बढी कौतुहलता हुन्छ।

गर्भ रहेको नरहेको थाहा पाउने विभिन्न उपाय पनि छन् । महिनावारी समयमा भएन भने गर्भ रहे नरहेको थाहा पाउन बजारमा बिभिन्न प्रेग्नेन्सी टेस्ट कीट पाइन्छ । यस्तो कीटले गर्भ रहेका या नरहेको थाहा हुन्छ । प्रेग्नेन्सी टेस्ट कीटबाट महिनावारीको मितिको न्युनतम पाँच दिनपछि प्रयोग गर्नुपर्दछ।

खासमा यसले अन्तिम पिरियड भएको मितिको ६ हप्ता पछि गर्भ रहेको या नरहेको प्रष्ट थाहा दिन्छ । गर्भवती हुदाँ खान मन नलाग्ने, धेरै पिसाब लाग्ने,पेटमा ग्यास भरिए झै हुने, मुखको स्वाद बिग्रने, शरीर थाके जस्तै हुन, स्तन सारो वा दुखे झै हुने र अन्य समयमा भन्दा बढि वान्ता हुने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर