युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

काठमाडौँ   / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सुर्खेत–१ मा गठबन्धनबाट चुनाव जितेका खड्का बुधबार काठमाडौं आएका हुन् ।

उनले बुधबारै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बधाई आदानप्रदान र सरकार निर्माणका विषयमा छलफल गरेका थिए ।

उपसभापति खड्का बिहीबार माओवादी अध्यक्ष दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको छ । त्यस्तै, निर्वाचनको परिणामको समीक्षा र नयाँ सरकार गठनका विषयमा समेत छलफल भएको छ ।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भयो, त्यसका लागि गठबन्धनमा रहेका दलसहित अन्य दलहरूलाई समेत सामेल गर्ने गरी छलफल भइरहेको विषयमा कुराकानी भयो,’ खड्कानिकट स्रोतले भन्यो । चुनाव जितेर फर्किएका खड्काले बिहीबारै सादगी नेता कृष्णप्रसाद भट्टराई ९किसुनजी०को आश्रममा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर