काठमाडौं /पछिल्लो २४ घण्टामा ५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार ३३७ पीसीआर परीक्षण गर्दा ५ जनालाई कोरोना देखिएको छ ।
त्यसैगरी ५६६ एन्टिनेज परीक्षण गर्दा कसैलाई संक्रमण पुष्टि भएको छैन । २४ घण्टामा जम्मा परीक्षण ९०३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । २४ जना कोरोनामुक्त भएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १५६ छ ।





