युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

धनगढी । कैलालीको गेटा अस्पतालको सेवा प्रभावकारी बनाउन आग्रह गरिएको छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समिति र गेटा अस्पतालका निर्देशक प्रमोद यादवबीच भएको छलफलमा यस्तो आग्रह गरिएको हो ।

छलफलमा गेटा अस्पतालले अझै सेवा चुस्त दुरुस्त दिन नसकेको, २४ घण्टा सेवा सञ्चालन गरिएको भनिए पनि प्रभावकारी हुन नसकेको, कर्मचारी नियुक्ति लगायतका विषयमा छलफल गरिएको थियो ।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले तीन सय शय्याको भनेर अहिले पनि ५० शय्याको मात्रै सञ्चालन रहनु विडम्बना भएको बताए ।

अस्पतालका निर्देशक यादवले अहिलेसम्म पुरानै निर्देशकले बनाएको योजनाअनुसार अस्पताल सञ्चालनमा रहेको बताउँदै आगामी आर्थिक वर्षको साउनदेखि आफूले बनाएका योजना अनुसारका काम हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर