युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाण्डौ / संसद् बैठक विपक्षी दलबाट अवरोध भएका कारण आधा घण्टाको लागि स्थगित गरिएको छ । बिहान ११ बजे शुरू हुनुपर्ने आजको प्रतिनिधिसभा बैठक आधा घण्टा ढिलो गरी शुरू भएकोमा बैठक शुरू हुनेबित्तिकै माओवादी केन्द्रसहितका विपक्षी दलले उठेर अवरोध गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले आफ्ना धारणा राख्न अनुमति दिएपछि माओवादीका सांसद वर्षमान पुनले ‘भिजिट भिसा’ को प्रसङ्ग राख्नुभएको छ । उहाँले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र विपक्षी सबै दलको अडान रहेको बताउनुभयो ।

त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’ का नाममा मानिसलाई दुःख दिने, रकम असुल्नेलगायतका विषयमा गृह प्रशासन जोडिएको भनेर प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ ।

हिजो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकमाथि चौतर्फी प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्री र उहाँको सचिवालय नै यो प्रकरणमा संलग्न रहेको सार्वजनिक भइसकेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर