युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

भोजपुर – मकैबालीमा अमेरिकन फौजी किराको समस्या देखिने क्रम शुरू भएको छ । मकैखेती हुने तराई र पहाडका धेरैजसो जिल्लामा फौजी किराले सताउने गरेको छ । यसपालि पनि फाट्टफुट्ट देखिने क्रम शुरू भएको छ ।

भोजपुरमा वैशाख अन्तिम हप्तादेखि नै अमेरिकन फौजी किराको समस्या देखिएको छ । दुई हप्तायता मकैबालीमा क्षति पुर्‍याउन थालेको र आफूहरू चिन्तित भएको किसान धनबहादुर थापाले बताउनुभयो ।

भोजपुरसहित अहिले मकै खेती भइरहेका अरू क्षेत्रमा पनि यो किराको जोखिम उच्च छ । अमेरिकन फौजी किरा मकैको गुबोभित्र पसेर गुबो नै खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको किसानले गुनासो गरेका छन् ।

मुख्य खाद्यान्नका रूपमा किसानले लगाउने गरेको मकैलाई किराले धेरै नाश गरेमा उत्पादन नै घट्न सक्छ ।

कृषि वैज्ञानिक घनश्याम भण्डारीका अनुसार नेपालमा सताउँदै आएको अमेरिकन फौजी किराले ८० देखि शतप्रतिशतसम्म उत्पादन नोक्सान गर्न सक्छ ।

मकै उम्रिएर तीन, चार पात भएपछि अर्थात् छरेको ८/१० दिनभित्रै यसले आक्रमण गर्न शुरू गर्छ । त्यसैले किसानले शुरूबाटै मकैको बोटमा अनुगमन गर्ने र समस्या देखिए तत्कालै कृषि प्राविधिकसँग सल्लाह लिन उहाँको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर