युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

कञ्चनपुर –  ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ । हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप  भएको छ । यही २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ । डडेल्धुराको भित्रिमधेशका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गरी महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता छ । “यो सडक निर्माण नहुँदा भित्रिमधेशका जनताले धेरै समस्या खेप्नु परेको छ”, परशुराम नगरपालिका-९ का वडा अध्यक्ष देवबहादुर बोहराले भने, “सडक निर्माण भइदिएको भए यहाँ उत्पादन भएका दाल तरकारी महेन्द्रनगर बजार बिक्री गर्न सहज हुन्थ्यो ।”

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा निर्माण गरिएका ‘ड्रेन’समेत पुरिन थालेको स्थानीय राम धामीको भनाइ छ । डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि पाँचौँ पटक म्याद थप गरिएको भएपनि सडक निर्माण सम्पन्न हुन नसकेको जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर