युनिकोड    राशिफल    एफएम रेडियाे                        

बैतडी: मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचन अन्तर्गत बैतडीमा ६ प्रतिशत बढी मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६.४० प्रतिशत छ।

यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकोमा ५ हजार ४२१ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६.९७ प्रतिशत छ। प्रदेशसभा समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६.५२ प्रतिशत रहेको सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर