युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं  / समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको तीन बजेसम्मे तथ्याङ्कअनुसार ९३ लाख १७ हजार ८१२ मतगणना गर्दा एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ भने सोही समयमा नेपाली कांग्रेसको २४ लाख ७५६ प्राप्त गरेको छ । एमालेले एक लाख ३४ हजार ४८३ मतले अग्रता लिएको छ ।

नेकपा (माओवादी केन्द्र)ले १० लाख ६६ हजार ५१३ मतसहित तेश्रो, राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६३ हजार ५१३ चौथौं र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५४ हजार ६०९ मतसहित पाँचौं बनेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीको तीन लाख २९ हजार ८९० मत पाएर छैठौं स्थानमा छ ।

यता, ३ प्रतिशतको थ्रेसहोल्ड काट्नको लागि जनमत पार्टीलगायतले मतगणनामा मतसंख्या बढाउँदै लगेको छ । सो पार्टीले दुई लाख ६६ हजार एक सय मत प्राप्त गरेको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ५३ हजार १४९ र नागरिक उन्मुक्ति पार्टी दुई लाख ३७ हजार ९६१ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र हाम्रो नेपाली पार्टीले ५२ हजार ८४७ मत प्राप्त गरेको छ ।

मंगोल नेशनल अर्गनाइजेशनको ४५ हजार ५६१, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८८०, नेपाल संघीय समाजवादी पार्टीले ३१ हजार २४३, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)ले २६ हजार ११२ मत प्राप्त गरेका छन् ।  त्यस्तै, अन्य पार्टीले दुई लाख १६ हजार भन्दा बढी मत प्रप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर