धनगढी / धनगढी उपमहानगर भूकम्पको सबैभन्दा उच्च जोखिमा रहेको युएनडीपीको प्रारम्भिक अध्ययनले देखाएको छ। धनगढी उपमहानगरका दुई वडा भूकम्पको जोखिममा देखिएको अध्ययनले देखाएको हो।
‘कहिले कति बेला भूकम्प जान्छ कुनै आंकलन गर्न सकिदैन, उच्च सावधानी भने अहिलेदेखि नै अपनाइहाल्नुपर्छ,’ वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी भन्छन्, ‘भूकम्पीय शक्ति पश्चिमतिरै जम्मा भएर बसेको छ, पश्चिम क्षेत्रका सहरी क्षेत्रमा बढी समस्या आउन सक्छ।’





