युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन् ।

अब यी ५७ जनाले अन्तर्वार्ता परीक्षा दिनुपर्नेछ, सबै परीक्षार्थी अन्तर्वार्तामा उतीर्ण हुँदा पनि ३२४ दरबन्दी रिक्त नै रहने भएको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गरिएको थियो । तर आवेदन दिएका परीक्षार्थीमध्ये कोही पनि विषयगत लिखित परीक्षामा उतीर्ण हुन सकेनन् ।

प्रदेश १ मा १६१ रिक्त पदको लागि २४, बागमती प्रदेशमा ५८ रिक्त पदको लागि जम्मा २ जना, गण्डकी प्रदेशमा ३९ रिक्त पदको लागि जम्मा पाँच जना उत्तीर्ण भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३३ रिक्त पदको लागि ५ जना, कर्णाली प्रदेशमा २३ रिक्त पदको लागि ७ जना र सुदूरपश्चिम प्रदेशमा ४७ रिक्त पदको लागि १४ जना उतीर्ण भएका छन् ।

उत्तीर्ण शिक्षकहरुको अन्र्तवार्ता मंसिर २८ गते हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर