युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / चिसो पानीमा पालिने भएका कारण ट्राउट माछाको स्वाद विशिष्ट किसिमको हुन्छ। ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेट तापक्रममा बाँच्न सक्छ। तर, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेट तापक्रम उपयुक्त मानिन्छ।

नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो। त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहार स्वरुप नेपाल पठाएको थियो। नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो। परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलो पटक गरिएको थियो।

त्ययसपछि नेपालमा व्यवसायिक रुपमा रेम्बो ट्राउटपालन सुरु भएको भएपनि प्रदेश सातमा भने केही महिना अघि मात्रै यसको पालन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा रेम्बो ट्राउट माछाको व्यावसायीक पालन विस्तार हुँदै गएको हो। चिसो र बहाउ भएको पानीमा पालन गर्न सकिने ट्राउट सुदूरपश्चिममा विस्तार हुँदै गएको छ।

डोटीको जोरायलमा समूहिक माछा पालान हुँदै आएकोमा बाजुरा र दार्चुलामा पनि माछा पालन सुरु गरिएको छ। बाजुरा र डोटीमा पालन गरिएको ट्राउट बाढीले बगाएको थियो। किसानहरुले फेरि माछा पालन सुरु गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर