कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधी सभाका नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ताल बिजयी हुनुभएको छ । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि बिजयी हुनु भएका छ । कांग्रेस उम्मेदवार शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।
एमाले उम्मेदवार मंगल प्रसाद गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई हराएका हुन् । यस्तै कपिलवस्तु ३ को प्रदेश सभा १ मा नेकपा एमालेका अर्जुन कुमार केसीले ११ हजार ७ सय ३५ मत ल्याउनु भएको छ । केसीको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रबिदत्त मिश्राले ११ हजार ७ सय २८ मत प्राप्त गर्नु भएको थियो । मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका केसी ७ मतान्तरले बिजयी भएका हुन् ।
लोसपाका कार्यकर्ताले विरोध गरेपछि निर्वाचन अधिकृतले आधिकारिक घोषणा गरेको छैन । लोसपाका कार्यकर्ताले मतगणनामा धाधली भएको भन्दै नाराबाजी गरेका थिए । खसेको मत गणना गर्दा १६४ मत नभेटेपछि विबाद भएको थियो । हराएको १६४ मत समानुपातिक मत पेटिकामा गएको हुन सक्ने भएको शंका गरिएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । प्रदेश समानुपातिक मत पेटिकामा प्रत्यक्ष प्रदेश तर्फको ४ मत भेटिएको अधिकृत मरासिनीले बताउनु भयो । समानुपातिक मतगणना चलिरहेको र शनिबार विहानसम्म सकिने अनुमान गरिएको छ ।
यस्तै कपिलवस्तु जिल्लाकाे क्षेत्र नम्बर ३ काे १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकी प्रसाद यादव विजयी हुनुभएको छ । यादवले ८ हजार ५ सय ८२ मतका साथ बिजयि भएका हुन । नेकपा एमालेका उम्मेदवार रजाउ रहमान खानले ७ हजार ९ सय ७ मत ल्याउनु भएको थियो । जानकी यादवले ६ सय ७५ मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार रजाउ रहमान खानलाई हराउनु भएको थियो





