युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

बाजुरा / ४ मंसिरको चुनावमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछि त्यसबारेमा अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको छ ।

आयोगका सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा आएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।

मंसिर ४ गते भएको चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी परेपछि त्यहाँ मतगणना सुरु हुन सकेको छैन ।

कांग्रेसले १६ वटा बुथमा कब्जा गरेको एमालेको आरोप छ । एमालेले पनि ८ वटा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ ।

बूढीगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १, बूढीनन्दा नगरपालिका ४ र १० तथा जगन्नाथ गाउँपालिका ५ को मतदान केन्द्र एमालेले कब्जा गरेको उजुरी परेको छ ।

त्रिवेणी नगरपालिका २, ३, ७ र ८ खप्तड छेडेदह गाउँपालिका २ र ४ बूढीगंगा नगरपालिका ४, ७ र ८ बूढीनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र कांग्रेसले कब्जा गरेको आरोप छ ।

टोलीले यी स्थानमा के गर्ने भन्ने बारेमा अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउने छ ।

टोलीले राजनीतिक दल, चुनावमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलगायतसँग छलफल गर्ने भएको छ ।

बूढीनन्दा ५ मा ४ गते स्थगित भएको मतदान भने मंसिर १० मा हुने छ । मंसिर ४ गते एमाले र कांग्रेसबीच भएको झडपले मतदान स्थगित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर