युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं / सुनसरी क्षेत्र नम्बर को प्रदेशसभा १ मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरे ।

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे ।  यस क्षेत्रमा प्रदेशसभातर्फ ३९ हजार ७१३ मत खसेकोमा ३७ हजार ९४२ मत सदर भएको थियो ।

स्थायी शिक्षकको जागिरबाट २०४८ सालमा राजीनामा दिएर बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट बस्नेत निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतकासाथ गाविस अध्यक्षमा विजयी भएका थिए ।

बस्नेतले एमालेमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटिको सहसंयोजक, जिल्ला कमिटिको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हाल प्रदेश १ कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर