धनगढी/ कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० को कार्यालयमा तालाबन्दी गरिएको छ। नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा विक्री वितरण अहिलेसम्म खुला नगरेको भन्दै ट्याक्टर व्यवसायी, निर्माण व्यवसायी र मजदुरहरूले वडा कार्यालयमा तालाबन्दी गरेका बताइएको छ।





