युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

पोखरा / कास्कीबाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका भीम कार्की निर्वाचित भएका छन् । कास्की २ (१) मा कार्की १० हजार ५३१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजय भण्डारीले ५ हजार ८९३ मत पाए ।

कास्कीबाट एमालेलाई जीत दिलाउने कार्की तिनै हुन्, जसलाई एमालेले गत वैशाखको स्थानीय स्थानीय निर्वाचनमा विपक्षलाई जिताउन लागेको आरोपमा कास्की इन्चार्जबाट हटाएको थियो । कार्कीलाई हटाएर पोखरा महानगरपालिकामा मेयरमा पराजित कृष्ण थापालाई इन्चार्जको जिम्मेवारी दिइएको थियो ।

स्थानीय निर्वाचनमा कास्की एमालेको अन्तरकलह सतहमा आयो । पोखरा महानगरको मेयरमा एमालेका उम्मेदवार कृष्ण थापालाई हराउन एमालेकै नेता/कार्यकर्ता लागेको प्रमाणहरुसमेत अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको थियो । एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई जिताउन लागेको आरोप कास्कीमा एमाले महासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई लागेको थियो ।

कास्कीमा एमाले उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा र एमाले संसगठन विभाग प्रमुख खगराज अधिकारीबीच प्रतिष्ठाको लडाइँ देखिँदै आएको छ । कार्की पृथ्वीसुब्बा समूहका हुन् । कारबाहीका बाबजुद उनले यो पटक प्रदेशसभामा टिकट पाए, जहाँ २०७४ मा कृष्ण थापा निर्वाचित भएका थिए ।

एमालेको गढ मानिएका पोखराका वडामात्र पर्ने क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका नेता विश्वप्रकाश लामिछाने उम्मेदवार थिए । कास्की क्षेत्र नम्बर २ (१) अन्तर्गत पोखरा महानगरको वडा नम्बर ७, १५, १७, २१ र ३३ पर्छन् । सबै वडा एमालेको प्रभाव क्षेत्र मानिन्छ । त्यसमाथि असन्तुष्ट कांग्रेस कार्यकर्ताले लामिछानेलाई भोट दिएनन्, बरु तयो मत राप्रपातिर गयो ।

त्यसको प्रत्यक्ष लाभ एमालेका कार्कीले पाए । ‘सांगठनिक संरचनालाई व्यवस्थापन गर्न नसकेका कारण पनि एमालेभित्र समस्याहरु देखिएका थिए,’ कार्कीले अनलाइनखबरसँग भने, ‘यो निर्वाचनमा फेरि एमालेको शक्तिलाई एकजुट बनायौं ।’

विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका कार्की अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भएका थिए । कास्की एमालेको कार्यालय सचिव हुँदा कार्कीले प्रभाव बढाएका थिए । स्याङ्जा, गोरखा र मनाङसम्म पुगेर झण्डै दुई दशक संगठन विस्तारमा लागेका कार्की एमाले स्कुल विभागमा रहेर काम गरेका थिए ।

भूमिसम्बन्धी समस्या समाधान आयोगको केन्द्रीय सदस्य भएर काम गरेका कार्की अहिले एमाले केन्द्रीय सदस्य छन् । ‘लामो राजनीतिक योगदानकै कारण पार्टीले यसपटक प्रदेशमा टिकट दियो, जनताले मलाई न्याय दिए,’ कार्कीले भने, ‘गण्डकी प्रदेश सभामा अब प्रभावकारी भूमिका खेल्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर