काठमाडौं /प्रतिनिधि सभामा काठमाडौं- ४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्।
जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए।’कांग्रेसले बुझ्नुपर्ने कुरा, देशले केही नयाँ खोजेको छ।
‘गठबन्धनमा रहनुभएका साथीहरु जति बढी जितेर आउनुहुन्छ, स्थिर सरकार दिन सक्ने हो। त्यही नै प्रार्थना गरिरहेको हो’, उनले भने।
उनले नयाँ पुस्ताका उम्मेदवारहरु जितेर आउँदा आफूले गरेको संकल्प (प्रधानमन्त्रीका लागि संसदीय दलमा लड्ने) मा सहजता थपिने उनले बताए।





