युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा- कर्णालिमा पक्की पुल बन्ने भएको छ। ठेक्का प्रक्रिया शुरु भएको झण्डै ३ वर्ष पछि बाँधु र वाई जोड्ने कर्णाली नदिमा पक्कि पुल निमार्ण कार्यको सिलान्यास गरीएको छ ।

हिमाली गाउँपालिकाको वाँधु र स्वामीकार्तिक खापर गाउँपालिका को वाई जोड्ने उक्त पक्की मोटरेवल पुलको शिलान्यास सुदुरपश्चिम पुलसेक्टर महाकाली पुल आयोजनाका प्रमुख रामबहादुर गुरूङगले गर्नुभयो । गत २०७७ साल चैत्र १२ गते पक्कि पुल निमार्णका लागि सम्झौता भइ २०८० असोज ४ गते ठेक्का सदर गरिएको थियो । अबको दुई वर्षमा १२ करोड ५४ लाख लागतमा बन्ने निमार्ण भइसक्ने निमार्ण कम्पनीले जनाएको छ । १ सय ४ मिटर लम्बाइ रहेको पक्किपुल निमार्णमा विभिद कारणले ३ वर्ष पछि काम सुरु गरीएको महाँदेब खिम्ति – अन्जना– एम के विल्डर्स कस्ट्रक्सन जेवि कम्पनिका प्रमुख चक्र शाहले बताउनुभएको छ । हिमालि गाउँपालिकाको वडा नं ७ बाँधु चुलिबगर र स्वामिकार्तिक खापर गाउँपालिकाको वाई जोड्ने पक्की पुलको सिलान्यास गरीएको उहाँले बताउनुभयो ।

आज एक कार्यक्रमका विच पञ्चब्राह्रामण द्वारा स्वस्ति वाचनका साथ ब्राह्रमण देवराज उपाध्यायलगाएतले पुजा अर्चना गरी पुलको सिलान्यास गरीएको हो । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको अध्यक्षतामा सुरु भएको सिलान्यास कार्यक्रममा सुदुरपश्चिम पुलसेक्टर महाकाली पुल आयोजनाका प्रमुख रामबहादुर गुरूङग प्रमुख अतिथि रहनुभएको थियो । स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकाया विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा स्थानियको बाक्लो सहभागिता रहेको थियो । रेडियो बुढिनन्दाका प्रबन्धक नहकुल जोशीले सञ्चालन गर्नुभएको कार्यक्रम अबको दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनिका चक्र शाहले प्रतिबद्दता जनाउनुभएको छ ।

महाँदेब खिम्ति – अन्जना– एम के विल्डर्स कस्ट्रक्सन जेवि कम्पनिले निर्माण गरीरहेको शाहले बताउनु भयो । पुल निर्माण स्थल चुलिगाडमा सुदुरपश्चिम पुलसेक्टर महाकाली पुल आयोजनाका प्रमुख रामबहादुर गुरूङले २०८० असोज ५ गते कार्यदेश दिएको र अबको ३६ महिना भित्र काम सम्पन्न गरिसक्नु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर