युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

दार्चुलामा एक युवक मृत फेला परेका छन्। जिल्लाको खलंगा बजारबाट मत हाल्न ब्याँस गाँउपालिका वडा नम्बर ४ सुनसेरा गएका युवक मृत भेटिएका हुन्।
प्रहरीका अनुसार मृत फेला पर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट रहेका छन्। प्रहरीले मृत फेला परेको भनेर भनेपनि उनको हत्या गरिएको मृतकका परिवारको दाबी छ।

विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको उनका आफन्तले बताए। भोट हाल्नका लागि एकदिन अघि नै गाँउ (ब्याँस) पुगेका नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातिदेखि खोजी गरेको मृतकका आफन्त मोहनसिंह विष्टले बताए।

‘काका मत हाल्नकै लागि गाँउ आएका थिए, ‘विष्टले भने, ‘मतदानको अधिल्लो दिन गठबन्धनका मान्छेसंग विवाद भएको सुनियो, ‘उनले भने, ‘गठबन्धनलाई वा एमालेलाई मत दिने विषयमा विवाद भएको रहेछ, उक्त समूहले नै हत्या गरेर फालेको हो।’

मृतक विष्टका परिवारले मत दिने/नदिने विषयमा विवाद भएपछि हत्या भएको भन्दै हत्यारा सार्वजनिक नहुँदासम्म चुप नबस्ने चेतावनी दिएका छन्। यस्तै स्थानीय एमाले नेताहरुले पनि नरेन्द्रको हत्या भएको भन्दै हत्यारालाई कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने अडान लिएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ। घटना शंकास्पद (हत्याको जस्तो प्रकृति) भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर