युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा – कोल्टी क्षेत्रमा देउसि भैलो खेलेर संकलन गरेको रकम जाजरकोटका भुकम्प प्रभावितलाई सहयोग गरीएको छ । कोल्टी क्षेत्रका पत्रकारले देउसि भैलो खेलेर संकलन भएको रकम आज जाजरकोटका भुकम्प प्रभावित पत्रकारका लागि पठाईएको हो ।

कोल्टी क्षेत्रमा सञ्चालित तीन वटा रेडियो, रेडियो बुढीनन्दा, रेडियो शिम्भुनाथ र रेडियो अपि लगायत विभिन्न अनलाईनमा क्रियाशिल पत्रकारको सामुहिक टोलीले कोल्टी क्षेत्रमा तिहारको अवसरमा देउसि भैलो खेलेका थिए । तिहारको दुई दिन सम्म पत्रकारको सामुहिक टोलिले कोल्टी बजारमा खेलेको देउसि भैलोबाट करीव ५२ हजार रकम संकलन भएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताउनुभयो ।

संकलित रकम मध्य केही ब्यवस्थापन र बनभोजमा खर्च भएको र बाकि रहेको रकम भुकम्प प्रभावितलाई पठाईएको बताउनुभयो । देउसि भैलोबाट संकलन भएको रकम मध्य ५ हजार ब्यवस्थापनमा, १७ हजार बनभोजमा र बाकि रहेको ३० हजार रकम भुकम्प प्रभावित पत्रकारलाई पठाईएको उहाँले बताउनुभयो ।

देउसि भैलोबाट उठेको रकम आज नेपाल पत्रकार महासंघ जाजरकोटको सामुहिक खातामा पठाईएको छ । भुकम्पबाट प्रभावित जाजरकोटका पत्रकारको पिडालाई मलम लगाउन सहयोर्थ स्वरुप थोरै भए पनि आर्थिक सहयोग गरीएको बाजुराका पत्रकारले बताएका छन । भुकम्पले घर भत्कीदा जाजरकोट र रुकुम पश्चिममा दर्जन वढि पत्रकारका प्रभावित भएका छन भने दुई वटा रेडियो त्रिपालबाट सञ्चालन भईरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर