बाजुरा — देशभर भईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर ४ गते भएको मतदानमा प्रयोग भएका मतपेटिकाहरु मतगणना स्थलमा ल्याउने काम भईरहेको छ ।
बाजुराका मतदान केन्दमा्र सडक यातायातको सुविधा भएका ठाउँमा मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम आइसकेका छन् । अहिलेसम्म बाजुराका ७० मध्ये ६५ वटा मतदान स्थलका मत पेटिकाहरु सदरमुकाम मार्तडीमा आईपुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ३, हिमाली गाउँपालिकाको १,२,३ र त्रिवेणी नगरपालिकाको ९ नम्वर वडाको मतपेटिका आउन बाँकी रहेका वडाको मतपेटिकाहरु आज साँझ सम्म आईपुग्ने बताए ।
अहिलेसम्म स्वामिकार्तिक, जगन्नाथ, गौमुल गाउँपलिका, बडीमालिका र बुढीगंगा नगरपालिकाका सवै मतपेटिकाहरु सबै सदरमुकाम मार्तडीमा आईपुगेका छन् । हिजो मतदानमा बुढीनन्दा नगरपालिका वडा नम्वर ५ मा काँग्रेस र एमालेवीच झडप भएपछि मतदान स्थगित गरिएको थियो ।





