बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर -७ स्थित नाटेश्वरी मतदान केन्द्रमा भएको झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्ने मध्ये केही स्थानीय फरार भएका छन् ।
आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले बल प्रयोग गर्दा सुरेन्द्र अएडी (संजिव) को मृत्यु भएको प्रहरीको भनाई छ । झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् । झडपमा परी त्रिवेणीमा नगरपालिका वडा नम्बर-७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सुरेन्द्र अएडी (संजिव) को ज्यान गएको छ ।
झगडा गर्ने केहि स्थानीयहरुले खोसेको प्रहरीको इन्सास राइफल अझै फेला नपरेको प्रहरीले बताएको छ।
त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ ।
निर्घात कुटपिट भएका अयडिको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डा. मन्दिप पाठकले वताएका छन् ।





