युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |
भक्तपुर / नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जारी मतदानपछि नेकपा एमाले नेतृत्वकाे बहुमतकाे सरकार बन्ने बताउनुभएकाे छ । आईतवार सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गर्दै उहाँले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गर्नुभएकाे हाे ।

अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताउनु भयो ।  उहाँले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्ने बताउनु भयो ।

मतदाताहरूलाइ  मन परेको पार्टीमा मतदान गर्न समेत आह्वान गर्दै उहाँले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘ जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु । म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकारप्रयोग गर्न आग्रह गर्दछु । निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु । मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदी भएन भने साझेदार गरेका दलहरुसँग सरकारमा सामेल हुन्छौँ । निर्वाचनको कार्य भइरहहाँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ । निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ । छिटफुट अप्रिय घटना भएपनि आम रुपमा राम्रो तरिकाले निर्वाचन भएको छ । साथै अप्रिय घटना भएका ठाउँमा मतदान दोहो¥याएर गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अध्यक्ष ओलीले भोट हाल्नुभएको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर