युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

मंसिर ४ बाजुरा  / बाजुरा जिल्लाका थप ५ सहित ८ ओटा मतदान केन्द्रमा बिवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र ३ त्रिबेणी नगर पालिका वडा ३ र ७ खप्तड छेडेदह गाउँपालिका वडा न १ मतदान स्थगित गरिएको छ । सबै मतदान केन्द्रमा हवाइ फायर समेत भएकाे  सहायक प्रमुख जिल्ला अधकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।
बिभिन्न राजनितीक दलहरुको बिबाद पछि ति मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित भएको सहायक प्रमुख जिल्ला अधकारी  बिष्टले बताएका छन । त्यसै गरी जगन्नाथ गाउँपालिका वडा नम्मर ४ को मतदान केन्द्रमा पनि ढुगां हानाहान भईरहेको प्रारम्भीक जानकारी प्राप्त भएको छ । यता स्वामिकार्तिक वडा ४ मा बिबाद पछि केही समयमै मतदान सुरु हुने तयारीमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर