युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा । बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा बिवादका कारण मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

निर्वाचनमा मतदानस्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन मतदान स्थलमा  नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानसहितका करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर